लेकसाइडको जुसेरी क्याफेका म्यानेजर र फ्रिडम क्याफेका एक कर्मचारी पक्राउ
पाेखरा | मंसिर २७, २०८०
पोखरा: पोखरा महानगरपालिका–६ लेकसाइड खहरेस्थित दुईवटा क्याफेमा पर्यटक र स्थानीयहरुलाई नशालु पदार्थ खुवाएर सामाजिक विकृति फैलाएको आरोपमा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ ।
पर्यटक तथा स्थानीयहरुलाई मनोरञ्जन दिने बहानामा कानूनले वर्जित गरेका नशालु पदार्थ सेवन गराएर समाजमा होहल्ला अशान्ति र विकृति फैलाउने गरेको स्थानीयको गुनासोपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले क्याफेका म्यानेजरसहित २ जनालाई प्रकाउ गरेको हो ।
प्रकाउ पर्नेमा जुसेरी क्याफेका म्यानेजर काठमाडौं शंखरापुर नगरपालिका–३ घर भएका ३१ वर्षीय रोहित लामा भन्ने भगवान वम्जन र सोही स्थानमा रहेको फ्रिडम क्याफेका कर्मचारी गोरखा सुलिकोट २ घर भएका २१ वर्षीय घुमिन्द्र घले रहेका छन् ।
स्थानीयको गुनासोपछि उल्लेखित काम नगर्न सचेत गराउँदा क्याफेका म्यानेजरले प्रहरी माथि अपशब्द बोल्दै वादविवाद गरेपछि नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र मुद्धामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

